एमसीसी बारे पढ्न थाले कांग्रेसका सांसदहरु, रामशरणले पढाउँदै!




काठमाडौ । अमेरिकी सहयोग एमसीसीका बारेमा भ्रम सिर्जना भएको भन्दै नेपाली कांग्रेसले यसवारेमा जानकारी दिन थालेको छ । अमेरिकाले एमसीसीका बारेमा छिटो निर्णय लिन नेपाललाई दवाव दिँदै आएको छ । तर राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेका कारण एमसीसी संसदमा पेश हुन सकेको छैन ।

यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाइएको नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी बैठकमा नेपाली कांग्रेसका नेता रामशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा सांसदहरुलाई जानकारी गराइरहेका छन्।

कांग्रेसका सांसदहरु पनि एमसीसीका बारेमा पुर्ण जानकार नभएका कारण यसवारे जानकारी गराइएको हो । सांसदहरुले अध्ययन थालेका छन् । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावबारे पनि छलफल हुने एक सांसदले बताए। आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्