अञ्जु पन्तको ‘भ्यालेन्टाइन स्पेशल गीत’ सार्वजनिक, श्रीमान थिर कोइरालाको पनि अभिनय (भिडियो हेर्नुस्)




काठमाडौ । सुमधुर श्वरकी धनी अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ । गायिका अन्जु पन्तले ‘अब छाडेर जाने’ बोलको गीत सार्वजनिक गरेकी हुन् । भ्यालेन्टाइन डे का अवसरमा पन्तले सार्वजनिक गरेको गीतमा उनका पति थिर कोइराला पनि देखिएका छन् । औपचारीक गीत एल्बममा पतिसंग अभिनय गरेको यो पहिलो पटक हो ।

भ्यालेन्टाइन डे को दिन सोमबार सार्वजनिक भएको गीतको भिडिओमा पन्तलाई श्रीमान थीर कोइरालाले साथ दिएका छन्। उनको अभिनय कौशल पनि राम्रो देखिएको छ । दुई जनाको ब्याण्डिगं मिलेको देखिएको छ । गीतमा सकारात्मक प्रतिकृया आएका छन् ।

भ्यालेन्टाइन स्पेशल भनेर सार्वजनिक गरिएको भिडिओमा पन्त जोडीको विवाहको दृश्य समेत राखिएको छ। गीतको भिडिओलाई लक्ष्मण दिशालीले परिकल्पना, सम्पादन र निर्देशन गरेका हुन्। पहिलो विवाहको डिभोर्स गरेको लामो समयपछि गायिका पन्तले थीरसँग केहि समय अघि दोस्रो विवाह गरेकी थिइन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्