एमसीसी पास गर्न भन्दै अमेरिकी मन्त्रीले नेपालका नेतालाई धम्की दिएको विषयमा बोल्यो अमेरिका, दियो यस्तो प्रतिकृया




काठमाडौ । एमसीसी पास नगरे नेपाललाई हेर्ने अमेरिकी नीति परिवर्तन गर्छौ भन्दै धम्की दिएको अमेरिकाले आफ्नो भनाईवारे प्रतिकृया दिएको छ । अमेरिकी एक मन्त्रीले एमसीसी पास नभए चीनवाट प्रभावित भएको आफुहरुले सम्झने र नेपाललाई हेर्ने नीति परिवर्तन गर्ने चेतावनी दिएको भन्दै समाचार प्रकाशन भएको थियो ।

सो समाचार प्रति नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले नेपालका नेताहरूलाई कुनै किसिमको धम्की नदिएको स्पष्टिकरण दिएका छन् । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै राजदूत बेरीले एमसिसी परियोजना संसदबाट पारित नभए दुई देशको सम्बन्ध पुनरावलोकन हुने धम्की दिएको भनी आएका समाचारमा सत्यता नरहेको बताए।

केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई फोन गरी एमसिसी छिटो पास गर्न दवाव दिएको समाचार वाहिरिएको थियो । मन्त्री लुले प्रचण्डलाई एमसीसी पास नभए चीनको प्रभाव भनेर आफुहरुले बुझ्ने भन्दै चेतावनी दिएका थिए ।

उनले प्रचण्डलाई नेपाललाई अमेरिकी नीति समेत परिवर्तन हुने बताएको भन्दै समाचार बाहिरिएको थियो । साथै अन्य सहयोगका बारेमा पनि अमेरिकाले बिचार गर्ने भन्दै चेतावनीपूर्ण भाषा प्रयोग गरेको बताइएको थियो । राजदूत बेरीले टेलिफोन कुराकानीका क्रममा सहायक विदेशमन्त्री लुले नेपाली नेताहरूले गरेको प्रतिवद्धता पूरा गर्न भनेको मात्र बताए।

‘एक सार्वभौम मुलुकका नाताले एमसिसी संसदबाट पारित गर्ने कि नगर्ने निर्णय नेपालले गर्छ,’ उनले भने, ‘नेपालको आग्रहअनुसार वर्षौंसम्म सम्झौता पारित हुन ढिलाइ भएपछि हामीले मतदानका लागि उक्त सम्झौता संसदमा लैजान भनेका हौं। जुन संसदबाट नेपाली जनताका जनप्रतिनिधिले आफ्नो कुरा भन्न सकून्।’

राजदूत बेरीले पछिल्लो समय आफूहरूले सबै दलका नेताहरूसँग कुरा गरिरहेको उल्लेख गर्दै कुराकानीका क्रममा सबै नेताहरूले एमसिसी परियोजनाबाट नेपालमा पूर्वाधार र रोजगारी आउने कुरा बुझेको बताए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्