आलेले अ श्लि ल बोलेको अडियोः कारबाही गर्न एमाले सचेतक चौधरीको माग




काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अ’श्लि’ल बोलेको अडियो सार्वजनिक भएको छ । अ’श्लि’ल अडियोको सत्यताबारे भने आलेले केही बोल्नुभएको छैन । आलेको अडियो सार्वजनिक भएलगत्तै कारबाही गर्न माग भएको छ । एमाले सचेतक शान्ता चौधरीले भन्नुभएको छ, ‘हद नाघेर अ’श्लि’ल बोल्ने, आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर ।’ एमाले नेतृ एवं सांसद भगवती चौधरीलगायतले पनि आलेलाई कारबाही गर्न माग गर्नुभएको छ ।

दुई मिनेट २५ सेकेन्डकाे भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। युवकलाई किन टिप्पणी गरेको भन्दै मन्त्री आलेले अ’प’ह’रणकाे ध’म्की’सँगै पटकपटक अ’पश’ब्द’सहित गा’लीग’लौ’ज गरेकाे प्रष्टै सुन्न सकिन्छ।
मन्त्री आले सोध्छन्, ‘कहाँ हुनुहुन्छ तपाई?’
युवकको तत्कालै जवाफ आउछ, ‘म इन्डियातिर छु।’
मन्त्री फेरि उनीमाथि प्रश्न गर्छन्, ‘तपाईको त्यो कमेन्ट हेरेँ मैले। के लेखेको त्यस्तो?’
युवकको जवाफ हुन्छ, ‘हैन हजुर हामीले पनि यस्तो आश गरेको थिएनौं, के गर्नु?’
आले फेरि प्रश्न गर्छन्, ‘कस्तो आश?’
युवक भन्छन्, ‘तपाईबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के।’
लगतै मन्त्री आले आ’क्रो’शि’त हुँदै ध’म्कीसहित अ’स्ली’ल गा’लीग’लौज गर्न थाल्छन्।

यो पनि,  म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा सञ्चार सुविधा विस्तार नहुँदा स्थानीयवासीलाई सूचना आदान–प्रदान गर्न समस्या भएको छ । कुइनेमङ्गलेवासी आधुनिक सूचना प्रविधिको सुविधा उपभोग गर्नबाट बञ्चित भएका हुन् । चौरखानी, मङ्गलेखानी, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी, डाढ, खरिबोट, याङ्लेका बासिन्दा मोबाइलमा कुरा गर्नका लागि डाँडा र रुख चढ्नुपर्ने बाध्यता रहेको चौरखानीको रघुगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रमान छन्त्यालले बताउनुभयो ।

“डाँडामा पुगेपछि अलि–अलि टावरले टिप्छ, त्यो पनि आवाज राम्रो आउँदैन”, उहाँले भन्नुभयो, “चि’च्या’इचि’च्या’ई बोल्नुपर्छ । अहिलेको आधुनिक जमनामा आधारभूतजस्तै भएको सञ्चार सुविधाबाट बञ्चित हुनुपर्ने दुःखलाग्दो अवस्था छ ।”

घ्यासीखर्कका रमेश तुलाचनले गाउँ बाहिर रहेका परिवारका सदस्य, आफन्त र साथीभाइसँग मोबाइलमा कुराकानी गर्न मोबाइलको टावरले टिप्ने चिमखोलाको गौडामुनी पुग्न एक घण्टा हिँड्नुपर्ने बताउनुभयो । महत्वपूर्ण सूचना आदान–प्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै कोही रुखमा पनि चढ्ने गरेका छन् । अग्ला रुख र डाँडामा अलिअलि मात्र टावरले टिप्छ । सबैको हात–हातमा मोबाइल भए पनि त्यो गीत सुन्न, भिडियो हेर्न, तस्वीर, भिडियो खिच्नका लागि मात्र सीमित छ ।

पाखापानीको कमनाथमा नेपाल टेलिकमको बिटिएस टावर छ । कुइनेमङ्गलेको छिमेकी वडा चिमखोला गाउँमा पनि मोबाइल फोन सेवा सहज छैन । सबै ठाउँमा मोबाइलको टावरले भनेको समयमा टिप्दैन । विभिन्न बस्तीमा २५० भन्दा बढी घरधुरी रहेको कुइनेमङ्गलेमा निर्माणाधीन मङ्गले राहुघाट र ठूलोखोला जलविद्युत् आयोजनाका मजदुर, कर्मचारी र प्राविधिकलाई पनि सञ्चार असुविधाले समस्या बनाएको छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले मोबाइल सेवा विस्तारका लागि वर्षौँदेखि नेपाल टेलिकममा ताकेता गरिए पनि ढिलाइ गरेका बताउनुभयो । कुइनेमङ्गले र चिमखोलामा मोबाइल सेवा विस्तारका लागि गाउँपालिकाले तीन वर्षअघि रु तीन लाख खर्च गरेर चिमखोलाको डाँडामा गार्डघर बनाइदिएको थियो ।

सञ्चार असुविधाका कारण सेवा प्रवाह र सूचना आदान–प्रदानमा धेरै दुःख भएको छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौँ हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ । सूचना प्रवाह गराउन अझै टोल–टोलमा परम्परागत कटुवाल प्रथाको साहरा लिनुपरेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भौगोलिक विकटता, विद्युत् अभाव र सामाजिक समस्याले ढिलाइ भएको सो टावर आगामी बर्खाअघि नै सञ्चालन गरिने बताउनुभयो । चिमखोलाबाट टावर रहने ठाउँसम्म विद्युत् पु¥याउन नेपाल विद्युत प्राधिकरणलाई रु १६ लाख बजेट उपलब्ध गराइसकेको उहाँले बताउनुभयो ।

“कोरोनाको महामारीका कारण विदेशबाट उपकरण ल्याउन ढिलाइ गरेका ठेकेदारलाई पूर्वाधार बनाउन पठाउँदा स्थानीयवासीले आफैँ काम गर्छौँ भनेर फर्काए तर गरेनन्”, उहाँले भन्नुभयो, “उपकरण आइसकेको छ । विद्युत् पुग्यो भने टावर सञ्चालन हुन्छ ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्