कांग्रेसले गर्यो एमसीसी पास गर्ने निर्णय, देउवाले सभामुखलाई भने, ‘तयारी गर्नु’




काठमाडौ । सत्तारुढ नेपाली कांग्रेसले एमसीसी सम्झौता पारित गर्ने औपचारीक निर्णय गरेको छ। मंगलबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग सम्बन्धि सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने निर्णय गरेको हो।

कांग्रेस संसदीय दलको बैठकमा पूर्व अर्थमन्त्री रामशरण महतले एमसीसी सम्झौतामा रहेका व्यवस्थाबारे सांसदहरुलाई जानकारी दिएका थिए। बैठकमा कांग्रेस नेताहरुले एमसीसीबारे जनतामा भ्रम छरिएको भन्दै त्यसलाई चिर्न सांसदहरुलाई आग्रह गरेको थियो।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल एमसीसी संसदमा टेबल गर्ने पक्षमा रहेका छन्। उनले कार्यव्यवस्था समितिको बैठक बोलाउन सभामुख सापकोटालाई आग्रह गरेका छन्। भोलिको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको कानुन मन्त्री दिलेन्द्र बडुले बताए।

एमसीसी टेबल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तयार रहेको उनले बताए। तर दुवै नेताले हिजो सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा भने एमसीसी संशोधनको पक्षमा भनाइ राखेका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्