यो बैंकमा पाइन्छ अब निक्षेपमा १३.५ प्रतिशत सम्म ब्याज




काठमाडौ । बैंकहरुले निक्षेपमा ब्याज बढाएको बेलामा राष्ट्रिय सहकारी बैंकले पनि ब्याज बढाउने निर्णय गरेको छ । सहकारीले निक्षेपमा अधिकतम १३।५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४।५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३।५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।

नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४।५० देखि ८।५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०।७५ प्रतिशतदेखि अधिकतम १३।५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको छ भने ८ प्रकारका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

तर, यता कर्जा तर्फ बैंकले ९ देखि १२ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । बैंकले हाल विभिन्न २२ प्रकारका शीर्षकमा व्यावसायिक कर्जा प्रदान गर्दै आएको छ । एक मात्र राष्ट्रिय सहकारी बैंकले हाल प्रारम्भिक सहकारी संस्था, विषयगत तथा केन्द्रीय सङ्घहरूसँग मात्र बचत तथा ऋणको कारोबार गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्