दोश्रो बिवाह गरेपछि पूर्वपति छविले पठाए यस्तो संदेश, रेखाले पनि दिईन यस्तो जवाफ




अभिनेत्री रेखा थापा बैबाहिक जीवनमा बाँधिएकी छन् । निर्माता छविराज ओझासँग डिभोर्स भएपछि एकल जीवन विताउँदै आएकी उनले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । प्राप्त जानकारी अनुसार, एक हप्ता अगाडि उनीहरुले कानुनी रुपमा विवाह गरेको हुन् । रेखाका श्रीमान् शाही लामो समयदेखि इजरायलमा बसोबास गर्ने गरेको जानकारी प्राप्त छ ।

रेशा र बलराम विगत एक वर्षदेखि गहिरो प्रेममा थिए । रेखाले एक अनलाइनसँगको कुराकानीमा आफूले कानुनी रुपमा विवाह गरेको पुष्टि गर्दै मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा विवाह गरेको जानकारी दिएकी छन् । रेखाले केही वर्षदेखि आफू विवाह गर्ने सोचमा रहेको बताउँदै २०७८ वा २०२९ भित्र विवाह गर्ने बताउँदै आएकी थिइन् । बलराम पर्यटन व्यवसायी हुन् ।

यसै क्रममा गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । उनले तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताइन् ।

खाले भनिन्, ‘विवाह मेरो व्यक्तिगत कुरा भएकोले अहिले सार्वजनिक नगर्ने सोच थियो । कसोकसो बाहिर आएछ । मैले पहिले भनेको थिएँ। विवाह तामझाम गर्दिनँ । त्यही अनुसार विवाह गरेँ ,’ रेखाले कोट म्यारिजनै आफ्नो आधिकारीक विवाह भएको बताइन् ।

यसै क्रममा नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । छविल भने, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहाँले आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।’

छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने, ‘मैले भर्खर विवाहको बधाई पनि दिए । हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो ।’ विवाहपछि रेखाको जीवन अझ सहज हुने छविले विश्वास व्यक्त गरे ।

फिल्म ‘हिरो’ बाट अभिनय करिअर सुरु गरेकी रेखाले त्यसपछि करीब डेढ दशक नेपाली फिल्ममा एकछत्र राज गरेकी थिइन् । उनको नाम मात्रैले पनि फिल्म सुपरहिट हुन्थे । कुनै बेला उनको टक्कर हिरोइनसँग नभइ हिरोसँग हुने गरेको थियो । अभिनेत्रीसँगै गायिका, निर्देशक, निर्मात्री, राजनीतिज्ञको रुपमा समेत आफूलाई चिनाएकी रेखा चाँडै नयाँ फिल्म निर्माणको तयारीमा छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्