भागेर कीर्तिपुर पुगेका भारतीय नागरिकलाई प्रहरीद्धारा कार सहित पक्राउ




काठमाडौ । भाग्दै कीर्तिपुर पुगेका एक भारतीय नागरिकलाइ प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको गाडीले ललितपुरको धोविघाटमा दुर्घटना गराएर उनी भागेका थिए । सवारी दुर्घटना गरी भारतीय नम्बर बीआर०५एएन ५९२० को कार लिएर भागेका उनलाई प्रहरीले कीर्तिपुरवाट पक्राउ गरेको जनाएको छ ।

भारतीय नम्बर प्लेटको गाडी पनि अहिले प्रहरी नियन्त्रणमा छ । सोमबार राति करिब ११ बजे धोबिखोलामा दुर्घटना गरी भाग्ने क्रममा कीर्तिपुर पुगेका भारतको बिहार राज्य बस्ने २८ वर्षीय जोबैर अहमदलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान गर्न उक्त कारसहित अमहदलाई ललितपुर प्रहरी परिसरमा पठाइएको प्रवक्ता मैनाली बताए ।

यो पनि, बिहीबारदेखि हवाइ यात्राको लागि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलभित्र प्रवेश गर्न प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको छ । तर, एसएमएसमा प्राप्त भएको पीएनआर नम्बर भएको टिकट मात्रै देखाएर भने टर्मिनलभित्र प्रवेश पाइने छैन ।

सोमबार त्रिभुवन विमानस्थल प्रशासन, सुरक्षा निकाय तथा विमान कम्पनीबीच भएको बैठकले एसएमएसमा प्राप्त हुने टिकटको पीएनआर नम्बरका आधार टर्मिनल प्रवेश नदिने निर्णय गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।

प्रिन्टेड वा प्रिन्टेडमा हुने सबै विवरण भएको डिजिटल टिकट भए प्रवेशमा समस्या हुँदैन, उनले भने, पीएनआर नम्बर मात्रैको आधारमा भने अब प्रवेश गर्न पाइँदैन । विभिन्न डिजिटल वालेट वा मोबाइल बैंकिङबाट टिकट खरिद गरेको भए त्यसको पीडीएफ चाहियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्