अन्तत: गले सभामुख सापकोटा! एमसीसी संसदमा टेबल गर्न बोलाए कार्यव्यवस्था समितिको बैठक




काठमाडौ । अमेरिकी सहयोग एमसीसी अब संसदमा टेबल हुने पक्का भएको छ । नेपाली कांग्रेसको संसदिय दलको बैठकले एमसीसी टेबल गर्ने र पास गर्ने निर्णय गरेपछि त्यसको सम्भावना बढेको हो । प्रधानमन्त्री शेर वहादुर देउवाको सल्लाह अनुसार सभामुख अग्निप्रसाद सापकोटा पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन राजि भएका छन् ।

एमसीसीको विपक्षमा देखिएका सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बुधबार विहान साढे ११ बजे नयाँ बानेश्वरमा रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बस्नेगरी बैठक बोलाएका हुन्। भोलि दिउँसो १ बजे बस्ने संसद बैठकको एजेण्डा तय गर्नको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो।

सरकारले भोलि नै अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्ने तयारी गरेको छ। तर यता नेकपा एमालेले भने भोलीको संसद पनि अवरुद्ध गर्ने भएको छ । सभामुख सापकोटाको राजिनामा माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्