काठमाडौं । सोमबार नेपाललगायत विश्वभरका जोडीहरुले प्रणय दिवस मनाए । यो बीचमा भारत उत्तर प्रदेशको रामपुरमा एक प्रेमीले युवती (प्रेमिका) लाई लुटेर ब्ल्याकमेल गर्ने नियतले अ’श्ली’ल भिडियो बनाएर सार्वजनिक गरेका छन् ।
जसकारण पीडित महिलाले एसपी रामपुरलाई कारवाहीको माग गर्दै पत्र दिएकी हुन् । एसपी रामपुरको आदेशमा आरोपी युवकविरुद्ध कोतवाली शाहाबादमा मुद्दा दर्ता गरी कारबाही सुरु गरियो ।
यो घटना कोतवाली शाहबाद चौकी सेफनी क्षेत्रको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार एक विवाहित युवतीको सोही क्षेत्रका एक युवकसँग प्रेमसम्बन्ध चलिरहेको थियो ।
युवक रातको अँध्यारोमा युवतीको घरमा आएर शा’री’रिक स’म्बन्ध रा’ख्ने ग’र्थे । तर एक दिन महिला र युवकलाई आपत्तिजनक अवस्थामा सँगै देखेपछि गाउँका मानिसहरूले युवकलाई निर्मम कु’टपि’ट ग’रे’का थिए ।
त्यसपछि उनीहरुलाई पञ्चायतमा चेतावनी दिएर छोडिएको थियो । तर युवकले पञ्चायतको कुरा मानेनन् । उनले ब्ल्याकमेल गर्न युवतीको अ’श्ली’ल भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।
रामपुर बाहेक धेरै राज्यमा यो भिडियो भाइरल भइरहेको छ, जसकारण महिलाको इज्जतमा दाग लागेको छ । त्यसपछि ती महिला र उनका श्रीमानले एसपी रामपुरसमक्ष पुगेर कारबाही मागेका हुन् । सोही क्रममा एसपी शगुन गौतमको आदेशमा कोतवाली शाहवाद प्रहरीले युवकविरुद्ध मुद्दा दर्ता गरी कारबाही थालेको हो ।