हायात होटलबाट कांग्रेस नेता महतसहित आठ जना रंगेहात पक्राउ, करोडौंमा हुँदै थियो यस्तो कारोबार


banner

काठमाडौं :

प्रतिबन्धित धातु यूरोनियमको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले कांग्रेसका नेता नवराज महतसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको बिशेष ब्यूरो र बौद्ध वृत्तले सोमबार हायात होटलबाट दुई केजी आठ सय ग्राम युरोनियम बरामद गरेको हो ।

बरामद यूरोनियम भारतमा बिक्रिका लागि प्रतिकेजी ३५ करोडमा डिल भएको थियो । साढे दुई किलाको करिब झन्डै ९० करोड रुपैयाँमा कारोबारको डिल हुँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । तर, पैसा भने बरामद भएको छैन । सुराकीका आधारमा सुरुमा प्रहरीले महत र भूपेन्द्र खड्कालाई पक्राउ गरेको थियो । थप ६ जना पछि पक्राउ परेको हुन् । महत गत प्रदेश सभा निर्वाचनमा कांग्रेसका तर्फबाट ललितपुर प्रदेश सभा ३ (क) सदस्यमा पराजित उम्मेदवार थिए।

पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिराहाका गोपिलाल दास, जिवछ नारायण यादब, महोत्तरीका सुरेन्द्र चौरी, भारतका उपेन्द्र कुमार मिश्र र महोत्तरीका राजु ठाकुर छन् । उनीहरुबाट बा ५ च ८२०९ नम्बरको कार पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकालाई ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्र्तगत मुद्धामा बौद्ध वृत्तले कारबाही अघि बढाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्