‘समाजसेवी हाम्री आमालाई फिल्मले प्रोस्टीट्यूट बनाइदियो’, फिल्मलाई लिएर गंगुबाईको परिवार आक्रोशित




एजेन्सी । फिल्म गंगुबाई काठियावाडीको टेलर रिलिज भएपछि गंगुबाइको परिवारले मुख लुकाउँदै हुँड्नु परेको छ । उनीहरु ठाउँ सर्दै हिडेका छन् । समाजको तिखो प्रश्नबाट बच्न परिवारले अहिले बारम्बार मुम्बईमा घर फेरी रहेका छन् ।

गंगुबाईले चार सन्तान धर्मपुत्र ग्रहण गरेकी थिइन् । आज उनको परिवार २० जना पुगेको छ । यति लामो समयदेखि आफ्नो जीवनमा व्यस्त रहेको यो परिवारको समस्या फिल्मको ट्रेलर सार्वजनिक भएपछि झनै बढेको छ । यति मात्र होइन, आमामाथि कुनै किताब लेखिएको पनि उनीहरुलाई थाहा थिएन । आफन्तहरुले लगातार उपहासको पात्र बनाउन थालेपछि आमा (गंगुबाई) को परिवारको इज्जत जोगाउन अदालत पुगेका छन् ।

गंगुबाईको परिवार स्तब्ध छ
गंगुबाईका परिवारका वकिल नरेन्द्रका अनुसार ट्रेलर रिलिज भएसँगै पूरै परिवार स्तब्ध भएको छ । जसरी गंगुबाईलाई चित्रण गरिएको छ, त्यो नितान्त गलत र आधारहीन छ । यो पूर्णतया अ श्ली ल र न ग्न छ। सामाजिक अभियन्तालाई प्रोस्टीट्यूटका रुपमा प्रस्तुत गरिएको छ ।

कुन परिवारलाई मन पर्छ ? तपाईंले उनलाई लेडी माफिया डन बनाउनुभयो। दोश्रो कुरा यहाँ हाम्रो सिस्टमको मुद्दा यो हो कि तपाईको घरको इज्जत खुलेआम लिलामी भइरहेको छ भने यहाँ आफ्नो इज्जत जोगाउनुको सट्टा छोरोसँग प्रमाण माग्नुहुन्छ ? उनीहरु गंगुबाइका सन्तान हुन् भनेर प्रमाण मागिएको छ । हामीले तलको अदालतमा प्रमाणित गरिसकेका भए पनि अहिले हाम्रो मुद्दामा सुनुवाइ भएको छैन ।

समाजको प्रश्नबाट बच्न घर फेरे
हाम्रो लडाई २०२० बाट सुरु भएको छ, जब उनको छोराले आमाको बारेमा किताब आएको र फिल्म बनिरहेको थाहा पाए । फिल्मको प्रोमोसँगै आमाको तस्विर देखेपछि । त्यसपछि थाहा भयो कि उनको आमालाई कसरी चित्रण गरिएको छ । अहिले परिवारले आफैंलाई लुकाउन थालेका छन् । कहिले अंधेरी, कहिले बोरिवली जस्ता ठाउँमा घर सर्दै छन् । जो आफन्त छन्, उनीहरूले सन्तानलाई नराम्रा शब्दले सम्बोधन गरिरहेका छन् ।

टेलर हेरेका मानिसहरूले सोध्छन् तिम्रो आमा साँच्चै प्रोस्टीट्यूट थिइन् । तपाई समाजसेवी भन्नुहुन्थ्यो तर फिल्मले अर्कै बोल्छ । फिल्मको चर्चा सुरु भएदेखि नै परिवारका सदस्यको मानसिक अवस्था ठीक छैन । शान्तिमा बस्न सक्ने कोही छैन। वकिलले भने, हामीले सञ्जय लीला भन्साली र लेखक हुसैन जैदीलाई नोटिस पठाएका छौं, तर तिनीहरूबाट कुनै प्रतिक्रिया आएको छैन।

गंगुबाईका धर्मपुत्र बाबुरावजी शाहले भारतीय मिडिया आजतक।इनसँग कुरा गर्दै भने, ‘मेरी आमालाई प्रोस्टीट्यूट बनाएर राखिएको छ । अहिले मानिसहरूले मेरी आमाको बारेमा विभिन्न कुरा गरिरहेका छन्। मलाई राम्रो लाग्दैन। यसै क्रममा उनकी नातिनी भारती भन्छिन्, यी निर्माताहरूले पैसाको लोभमा मेरो परिवारको नाम बदनाम गरेका छन् । यसलाई पटक्कै स्वीकार गर्न सकिँदैन । न त घरपरिवारको स्वीकृति लिनु भयो, न किताब लेख्दा हामीकहाँ आउनु भयो न त फिल्म बनाउनुअघि हामीसँग स्वीकृति नै लिनु भयो ।

कामाठीपुरमा बस्ने हरेक महिला कसरी प्रोस्टीट्यूट हुन् ?
भारती भन्छिन्, मेरी हजुरआमा कामाठीपुरामा बस्नुहुन्थ्यो । त्यसोभए त्यहाँ बस्ने हरेक नारी प्रोस्टीट्यूट भइन् ? मेरी हजुरआमाले त्यहाँ चार सन्तान धर्मपुत्र ग्रहण गर्नुभएको थियो । जो प्रोस्टीट्यूटका सन्तान थिए। मेरी आमाको नाम शकुन्तला रञ्जित कावी, दोस्रो छोराको नाम रजनीकान्त रावजी शाह, तेस्रो छोराको नाम बाबु रावजी शाह चौथी छोरी सुशीला रेड्डी हो। हामी उहाँको परिवारबाट हौं। उनीहरुले हामीलाई अवैधानिक भनेका छन् । जब हाम्रो हजुरआमाले धर्मपुत्र ग्रहण गर्नुभयो, त्यसबेला यसको कानून बनाइएको थिएन।

एकातिर हामी हजुरआमाका कथाहरू गर्वका साथ मानिसहरूलाई सुनाउथ्यौं, अर्कोतिर ट्रेलर आएपछि हाम्रो इज्जत माटोमा मिल्यो । मानिसहरूले फोन गरेर भन्न थाले कि तिम्रो हजुरआमालाई प्रोस्टीट्यूटको रुपमा देखाइएको छ । मेरी हजुरआमाले जीवनभर त्यहाँ प्रोस्टीट्यूटहरुको उत्थानको लागि काम गर्नुभयो। यी मानिसहरूले मेरो हजुरआमालाई के बनाएका छन् ? मानिसहरूले हामीलाई प्रोस्टीट्यूटका सन्तान भन्छन्। म र मेरो परिवार क्यामेराको अगाडि देखिन लज्जित छौं।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्