गुल्मीमा एकैपटक मध्यरातमा यी दुई घटना




गुल्मी :

गुल्मीको मुसिकोटमा अ’ज्ञात समूहले एम्बुलेन्समा आ’गज’नी गरेकाे छ । मुसिकोट नगरपालिका-४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।

वडा नम्बर ३ र ४ का भारतीय भुतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडागाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग ज’लेप’छि स्थानीयले आ’गो नियन्त्रणमा ल्याउन सफल भएका हुन् ।

आ’गला’गीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै ज’लेको छ । अहिलेसम्म प्रहरी घटनास्थल पुगेको छैन। राति नै प्रहरीलाई खबर गरेपनि अहिलेसम्म प्रहरी नआएको स्थानीयले बताए । वामी प्रहरी चौकी इन्चार्ज जनक थापाले गाउँमै अर्को ‘आ’त्म’ह’त्या’ घटना भएकाे र प्रहरी संख्या कम भएकाले केहीबेरमा घटनास्थल पुग्ने बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्