बलिउड बाट आयो अत्यन्तै दुखद खबर : चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन




काठमाडौं- भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ। लहरीको मंगलबार सिटीकेयर अस्पतालमा निधन भएको पीटीआई (प्रेस ट्रस्ट इन्डिया) ले जानकारी छ।

उनको बुधबार बिहान ६९ वर्षको उमेरमा मुम्बईको एक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति अस्पताल लगिएको थियो।

उनले ‘चलते चलते’, ‘डिस्को डान्सर’ र ‘शराबी’ जस्ता लोकप्रिय गीत बलिउडलाई दिएका छन्।

उनले अन्तिम गीत सन् २०२० मा फिल्म ‘बागी ३ ’का लागि गाएका थिए। बलिउडमा आफ्नो पचास वर्ष लामो करियरमा ६ सय ५० भन्दा बढि फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी संगीतकारका साथै गायक पनि हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्