त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंका लागेर चेकजाँच गर्दा प्रहरीको उड्यो होस् !




काठमाडौँ :

माघ २९ गते दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर ‘एन९५६६’ बाट चिनियाँ नागरिक झांग लि नेपाल आए । झाङ बिहान ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

दुबईबाट आएका यात्रुको भन्सार जाँचपास गर्ने क्रममा छलिएर लि अगाडी लागे । भन्सार छलेर बाहिर निस्कन खोजेपछि भन्सार कर्मचारीलाई शंका लाग्यो । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच थाल्यो । चेकजाँच क्रममा उनको साथबाट अर्धठोस अवस्थामा रहेको ४ किलो ८४० ग्राम सुन फेला प-यो ।

चार किलो अवैध सुन बोकेर दुवईबाट काठमाडौं आएका चिनियाँ नागरिक पक्राउ त्यसपछि उनलाई भन्सार कार्यालयले नियन्त्रणमा राखेर उनीमाथि थप अनुसन्धान गर्न लाग्यो । जिल्ला अदालत काठमाडौंले पनि अनुसन्धानका लागि चार दिन थुनामा राख्न अनुमति दियो ।

अनुसन्धान क्रममा थाहा भयो–उनी गत २ वर्षमा २५ पटक नेपाल आइसकेका रहेछन्, त्यो पनि बिजनेस भिसामा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख महेश भट्टराईले विगत दुई वर्षमा २५ पटक नेपाल आएको तथ्य फेला परेको बताए ।

अवैध सुन बोकेर ल्याउने लिको ‘ट्राभल हिस्ट्री’ हेर्दा धेरै पटक नेपाल आउजाउ गर्ने गरेको पाइएको हो । उनी ठूलै समूहका सुन तस्कर हुनसक्ने अनुमान अनुसन्धानकर्ताको छ । हाल दुई जना दोभासे राखेर अनुसन्धान अघि बढिरहेको भट्टराईले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्