क्यानडाका प्रधानमन्त्रीदिए यस्तो कडा आदेश, प्रदर्शनकारीहरूकाे बैंक खाता ‘फ्रिज’ हुन सक्ने




क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश जारी गर्नुभएको छ । (काेभिड–१९) कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरेको विरोधमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न सङ्कटकाल घोषणा गरेको भए पनि त्यो प्रभावकारी नभएपछि प्रधानमन्त्री ट्रुडोले सङ्कटकाल सहितको विशेष आदेश दिएको बीबीसीले जनाएको छ ।

यस्तो आदेश क्यानडाको इतिहासमै अहिले सहित दुई पटक मात्र जारी गरिएको छ । यो आदेशअनुसार आन्दोलनमा सहभागीहरूको बैंक खाता फ्रिज समेत गर्न सकिन्छ । अदालतको आदेशविनै प्रदर्शनकारीहरूलाई जेल र जरिबाना गर्न सक्ने आदेश अस्थायी रहेको र विशिष्ट रूपमा प्रयोग हुने प्रधानमन्त्री ट्रुडोले पत्रकार सम्मेलनमा बताएको जानकारी प्राप्त भएको छ ।

क्यानडाको राजधानीमा हजारौँ प्रदर्शनकारी बसिरहेका छन् । ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ ।

नयाँ आदेशसँगै प्रदर्शन मत्थर हुने क्यानडा सरकारले अपेक्षा गरेको जनाएको छ । सुरक्षा फौजले अमेरिका सीमा क्षेत्रमा ट्रकसहित बसेका प्रदर्शनकारीहरूलाई भने हटाइसकेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्