प्रय्यांकको नाममा सर्वसाधरणलाई दु:ख दिने नेपाली प्राङ्कर पक्राउ




काठमाडौं :

प्रय्यांकको नाममा सर्वसाधरणलाई शा’रीरिक तथा मा’नसिक या’तना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाई छन् । उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा प्रय्यांक (मस्करी)को नाममा सर्वसाधरणलाई शा’री’रिक तथा मा’नसि’क रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरूमा उनी संलग्न भएको आरोप प्रहरीको छ ।

आकाशमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।

प्राङ्कको नाममा सेढाईले सर्वसाधारणलाई मानसिक रुपमा सास्ती दिने र दिक्दार लगाउने काम गर्दै आएका थिए । सर्वसाधारणलाई हैरानी पारेर खिचेको गोप्य भिडियो उनले ‘नेपाली प्राङ्कर’ नामको युट्युव च्यानलमा अपलोड गर्ने गरेका थिए ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

केहि दिन अघि मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अनुमति बिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराउँदै त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्