एमसीसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा




काठमाडौं :

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँबानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् ।

माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्र्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।

यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन गर्ने ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूलाई महेन्द्र पुलिस क्लब र उपत्यकाको विभिन्न प्रहरी कार्यालयमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सन्तोषसिंह राठौरले जानकारी दिए ।

काठमाडौंको नयाँ बानेश्वर, विजुली बजार, माइतीघरलगायत क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । प्रदर्शनकारीहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेकपा–क्रान्तिकारी, राप्रपालगायत पार्टीका नेता कार्यकर्ता रहेका छन् ।

संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्न लाग्दा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी खारेज गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्