बलिउडमा फेरी शोक: ५ हजार भन्दा बढी गीतमा संगीत दिएका बप्पी लहरीको निधन




एजेन्सी । बलिउडमा फेरी शोक छाएको छ । बलिउडको लोकप्रिय संगीतकार बप्पी लहरीको निधन भएको छ। मङ्गलबार राति ११ बजे ६९ वर्षको उमेरमा उनको निधन भएको हो। मङ्गलबार उनको स्वास्थ्य खराब भएपछि मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा भर्ती गरिएको थियो। त्यहीँ उनको निधन भएको हो।

खास नाम अलोकेश लाहिडी भए पनि उनी संगीत क्षेत्रमा बप्पी लहरीको नामले परिचित थिए। लहरी शरीरभरि सुनको गहना पहिरिने गर्दथे। उनलाई मायाले भारतमा ुबप्पी दाु भनेर सम्बोधन गरिन्छ।

सन् १९५२ को नोभेम्बर २७ मा कोलकतामा जन्मिएका लहरीले बलिउडमा ४८ वर्ष बिताएका थिए। यो बीचमा उनले पाँच हजारभन्दा बढी गीतमा सङ्गीत भरे। हिन्दी, बङ्गाली, तमिल, तेलुगु, मलयालमलगायत थुप्रै भाषामा उनले सङ्गीत भरेका छन्।

‘प्यार कभि कम नही करना’, ‘आई एम ए डिस्को डान्सर’, ‘याद आरहा है, ‘उ ला ला’ जस्ता चर्चित गीतमा लहरीकै सङ्गीत रहेको छ। लहरी सङ्गीतकारको सँगसँगै कुशल गायक पनि थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्