पोखराकाे अमरसिंहचोकमा शंकास्पद वस्तु भेटियो




काठमाडौँ :

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । शं’का’स्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शं’का’स्पद वस्तु भेटिएको हो ।

यद्यपि, प्रहरी र सेनाको ब’म डि’स्पो’जल टोली पुगिसकेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए । ठाउँठाउँमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ भने शं’का’स्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले शुक्रबार संसद्मा एमसीसी टेबुल गरिने बताएका छन् । त्यसका लागि आज र भोलि गठबन्धनका दलहरूबीच सहमति जुटाइने बताए ।

संसद् बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले एमसीसीबारे सल्लाह र सहमति गठबन्धनकै दलहरूबीच आवश्यक देखिएका कारण आजको बैठकमा प्रस्ताव टेबुल नगरिएको दाबी गरे ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद् बैठक बस्नु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आजको संसद् बैठकमा प्रस्ताव टेबुल नगर्ने सहमति बनेको थियो ।

गठबन्धनमा रहेका पाँच दलबीच सहमति नभइकन प्रस्तावलाई टेबुल गर्न नहुनेमा गठबन्धनकै घटकहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । सत्ता नेतृत्व दल कांग्रेस एमसीसीलाई आजै संसदबाट पारित गर्ने पक्षमा थियो ।

अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले पनि एमसीसी पारित गर्ने आजसम्मको समयसीमा दिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्