मृत्यु हुनुपूर्व बप्पी लाहिरीको थियो यस्तो अन्तिम इच्छा, तर त्यो सपना अब अधुरो रह्यो




एजेन्सी :

बलिउडका दिग्गज संगीतकार बप्पी लाहिरीको निधनमा सिंगो फिल्म उद्योग शोकमा डुबेको छ । बप्पी लाहिरीलाई बलिउडको ‘डिस्को किंग’ भनिन्छ । उनले स्वर दिएका गीतहरू भारतमा मात्र नभएर विदेशमा पनि रुचाइएको छ । बप्पी लाहिरीको जीवन पनि उनको संगीत जस्तै धेरै फरक र रोचक रहेको छ । त्यही भएर उनको बायोपिक ( बप्पी लाहिरी बायोपिक) बनाउन धेरै फिल्मकर्मीले उनको सम्पर्क पनि गरेका थिए ।

यसअघिको एक अन्तर्वार्तामा बप्पी लाहिरीले आफ्नो जीवनमा फिल्म बनाउने इच्छा धेरै फिल्मकर्मीले व्यक्त गरेका थिए । तर, बप्पीले यस विषयमा कुनै निर्णय गरेका छैनन् । यद्यपि उनले आफू कुन अभिनेतालाई आफ्नो क्यारेक्टरमा हेर्न चाहन्छन् भन्ने बताएकी थिइन् ।

बप्पीले बलिउड अभिनेता रणवीर सिंहलाई आफ्नो युवावस्थाको पात्रमा हेर्न चाहेको बताएका थिए । तर, रणवीर सिंहले पनि आफू बप्पी लाहिरीको ठूलो फ्यान भएको बताएका छन् । उनले ६३ औं फिल्मफेयर अवार्डमा बप्पी दालाई विशेष सम्मान पनि दिएका थिए ।

बप्पी लाहिरीलाई ‘नमक हलाल’, ‘डिस्को डान्सर’ जस्ता फिल्मका हिट गीतका लागि सबैभन्दा बढी सम्झिन्छन् । उनले धेरै फिल्मका सुपरहिट गीतमा पनि आफ्नो स्वर दिएका छन् । उनले अन्तिम पटक टाइगर श्राफ र श्रद्धा कपूर स्टारर ‘बाघी ३’ को गीतमा आवाज दिएका थिए।

बप्पी लाहिरी लामो समयदेखि बिरामी थिए । पछिल्लो ६ महिनादेखि उनको स्वास्थ्य बिग्रँदै गएको बताइएको छ । उनी सोमबार नै अस्पतालबाट डिस्चार्ज भएका हुन् । तर मंगलबार उनको स्वास्थ्य फेरि बिग्रिएपछि राति उनको निधन भएको हो ।

बलिउडका गोल्डमेन बप्पी लहरीलाई अभिनेता राजकुमारले भनेका थिए- मंगलसूत्र पनि लाउनुस्

बलिउडमा ‘बप्पी दा’ भनेर चिनिने उनी संगीतकारसँगै कुशल गायक पनि थिए । उनी लोकप्रिय हुने अर्को कारण उनले लगाउने सुनका गहना पनि थियो । त्यहीकारण उनलाई ‘भारतको गोल्डमेन’ भनिन्थ्यो ।

राजकुमारले भनेका थिए- मंगलसूत्र पनि लगाउनु पर्थ्याे

बप्पीले सुन लगाएको देखेर एकपटक अभिनेता राजकुमारले उनको मजाक उडाएका थिए । यो किस्सा एक पार्टीको हो । एक पार्टीमा संगीतकार बप्पीको भेट अभिनेता राजकुमारसँग भएको थियो । आफ्नो पुरानो बानी अनुरुप बप्पी सुनका धेरै गहना लगाएर त्यहाँ पुगेका थिए । त्यही समयमा राजकुमारले बप्पीलाई तलदेखि माथिसम्म हेरेका थिए । उनले आफ्नै शैलीमा सोधे–वाह, शानदार ! एक से एक गहना लगाएका छौँ । मात्र मंगलसूत्रको कमी रह्यो । त्यो पनि लगाउनुपथ्र्यो । यो सुनेपछि बप्पी हेरेको हेरेकै भएका थिए ।

माइकल ज्याक्सन थिए बप्पीका फ्यान

केही वर्षअघि बप्पी ‘द कपिल शर्मा शो’मा पाहुनाका रुपमा आएका थिए । त्यहाँ उनले आफूले गलामा भगवान गणेशको सुनको लकेट लगाएको देखेर विश्वविख्यात माइकल ज्याक्सनले तारिफ गरेको बताएका थिए । ‘एक कार्यक्रममा जब माइकल ज्याक्सनसँग भेट भयो, उनले मेरो गलामा भगवान गणेशको लकेट देखे । अनि ‘फेन्टाष्टिक, यो निकै सुन्दर छ’ उनले भने, ‘उनले मेरो गीत ‘जिम्मी जिम्मी’को पनि तारिफ गरेका थिए ।’

गिनिज बुकमा नाम

बप्पीले एउटा अनौठो रेकर्ड कायम गरेका छन् । सन् १९८७ मा उनले ३३ फिल्मका लागि करिब एक सय ८० गीत कम्पोज गरेका थिए । एकै वर्षमा यति धेरै गीत रेकर्ड गरेबापत गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । उनले तीन वर्षको उमेरमा तबला बजाउन सिकेका थिए । ११ वर्षको उमेरमा त उनले संगीत दिन नै सुरु गरे । १३ वर्षको उमेरमा बलिउडमा स्थान बनाउनका लागि कोलकाताबाट मुम्बई आएका थिए । उनले ४८ वर्षको करियरमा करिब पाँच सय फिल्ममा ६ हजार गीत कम्पोज गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्