‘रितेशले मलाई युज मात्रै गर्यो’ भन्दै क्यामेराको अगाडी यसरी धरधरी रोइन् राखी (भिडियो हेर्नुस्)




एजेन्सी । बिग बोस फेम राखी सावन्त हालै पति रितेशसँग अलग भएकी छिन् । राखीले भ्यालेन्टाइन डेको ठीक एक दिनअघि रितेशसँगको डिभोर्सको बारेमा फ्यानहरूलाई जानकारी दिइन् । यसै क्रममा राखीले मिडियाको अगाडि रुँदै रितेशमाथि धेरै आरोप लगाइन् र उनीहरुबीच के भएको थियो बताइन् । वास्तवमा राखी १५ फेब्रुअरी साँझ जिम बाहिर देखिएकी थिइन् ।

यसै क्रममा राखी सावन्त मिडियासँगको कुराकानीमा भनिन्– ‘म कसैका आमाबुवा प्रहरी चौकी वा अदालत जान चाहन्न । रितेश, म तिमीलाई कुनै दोष दिन्न। म कसैकहाँ जाने छैन किनभने मसँग भगवान छ। म तिमीलाई भगवानको हातमा दिन्छु।’

राखी रुँदै भनिन् रितेशले मलाई प्रयोग गरे। मैले तिनलाई प्रयोग गरिन । गरेको भए अहिले मलाई मुम्बईमा फ्ल्याट हुन्थ्यो । त्यो मेरो नाममा थियो। उनले मलाई कुनै सुरक्षा दिएका छैनन् । विवाहमा झुम्का र हार दिएर सम्पत्ति बन्दैन। उनले मलाई केही दिएनन्। आज पनि आफ्नै घरमा बस्छु । आज पनि घरदेखि ड्राइभर र कामदारसम्मको खर्च ब्यबस्थापन गर्छु ।

राखीले थप भनिन्, ‘जब म रितेशसँग बिग बोसमा गएकी थिएँ, म निकै खुसी थिएँ । बिग बोस पछि रितेशले मलाई छाड्दैछन् भन्ने कुरा मलाई पहिले नै थाहा हुन्थ्यो भने मैले उनलाई कहिल्यै बिग बसमा लिएर जाने थिइन् । रितेशले आफ्नी श्रीमतीसँग केही कानुनी समस्याका कारण मलाई छाडेर गएका हुन् । उनीहरुका सन्तान छन् । उनकी श्रीमती अदालत गइन् । रितेशलाई मैले बिग बोसमा लगेर मेरो जीवन बिगारे । करोडौं गुमाएँ । रितेशले मलाई प्रयोग गर्यो ।

रितेश तब चर्चामा आए जब २०२० मा राखीले रितेश नामका व्यक्तिसँग बिहे गरेको बताएकी थिइन् । तर, त्यतिन्जेल रितेशको अनुहार कसैको अगाडि आएको थिएन । तर २०२१ मा राखी रितेशसँग ुबिग बोस १५ु मा प्रवेश गर्दा रितेश र राखी पति-पत्नी हुन् भन्ने कुरामा सबैलाई विश्वस्त भयो।

बिग बोसको घरमा नै रितेशले राखीलाई कसरी भेटेका थिए र कसरी उनीहरू प्रेममा परे भन्ने कुरा बताएका थिए । जब रितेश ‘बिग बोस १५’ बाहिर थिए, तब उनकी श्रीमती स्निग्धा प्रियाले आफू विवाहित भइसकेको खुलासा गरिन् । उनको एक बच्चा पनि छ र डिभोर्स भएको छैन। यसपछि राखी र रितेशको जीवनमा हलचल मच्चियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्