सडक दुर्घटनामा परि प्रेम परियारको मृत्यु




रुकुम जिल्लाको रानीकोटमा ट्र्याक्टरको ठ’क्करबाट सिस्ने गाउँपालिका–५ सिलामा एक जनाको मृत्यु भएको छ । रा१त १५६६ नम्बरको ट्र्याक्टरको ठक्करबाट प्रेम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार रानीकोटमा गिट्टी लोड गरेर रुकुमकोटतर्फ आउँदै गरेको सो ट्र्याक्टर अनियन्त्रित भइ पल्टिँदा परियार कि’चि’एका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याएपछि मृत घोषणा गरिएको थियो ।

परियार रानीकोटमै गिट्टी कुट्ने काम गर्दै आएका थिए । सोही ट्र्याक्टरको ठक्करबाट परियारकी श्रमती ४३ वर्षीया सीता घाइते भएको प्रहरी निरीक्षक बानियाँले बताउनुभयो । चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यहाँ ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ करालबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् ।

मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिनुभयो ।

रा१च ३२४५ नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा ट्र्याक्टर चालकसहित चारजना रहेको छन् । प्रहरी निरीक्षक बानियाँका अनुसार अर्का भूमे–८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ ।

बाँकी तीनजनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको बानियाँले बताउनुभयो । ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ । ट्र्याक्टर सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्