वैशाख ३ गते चर्चित नायक सलमान खान नेपाल आउने




काठमाडौं :

भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन्। भारतीय चर्चित नायक सलमान खान नेपाल आउने भएका छन् । सलमान खानसहित भारतीय कलाकारको टोलीका साथ
नेपाल आउन लागेका हुन् ।

सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जानकारी दिएको छ। दसकअघि ब्रायन एडम्सलाई ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउने तयारी गरेको बताइएको छ।

आयोजकमध्येका एक सीमान्त गुरुङले सेतोपाटीलाई भने, ‘हामी दुई पार्टीबीच कार्यक्रम गर्ने सहमति भयो। कोरोनाको कारण नेपालमा अवस्था बदलिएन भने सलमान खानको कार्यक्रम हुन्छ।’ १० वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको बताइएको छ ।

सलमान सहित नेपाल आउने टोलीमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार रहेका छन् । दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहितको टोली नेपाल आउन लागेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्