काहालीलाग्दो घटना : कम्तिमा ७१ जनाको मृत्यु




एजेन्सी :

ब्राजिलमा बाढी र पहिरोमा परेर कम्तिमा ७१ जनाको मृत्यु भएको छ । ब्रजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन् ।

रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ । बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन् ।

। सो सहरका मेयरले आपतकाल घोषणा गरेका छन् । बाढीमा फँसेका मानिसहरको खोजी र उद्दार कार्य तीव्र पारिएको छ ।

समाजिक सञ्जालमा अपलोड गरिएका भिडयोहरुमा बाढीले ठूलो क्षति पु–याएको र सवारी साधन सडकमा तैरिएको देख्न सकिन्छ । ‘मैले जीवितै पुरिएकी एक किशोरीलाई फेला पारे,’ एक स्थानीय वेन्डेल पिओ लउरेन्सले भने । बाढी पहिरोले प्रभावित क्षेत्र रणभूमि जस्तो बनेको उनले बताए ।

रसिया भ्रमणमा रहेका राष्ट्रपति जैर बोल्सोनारेले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइने बताए । बाढीमा फसेका व्यक्तिको उद्दारका लागि सेना र विशेष समूह परिचालन गरिएको छ ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा ८० घरमा पानी बगेर क्षति पुगेको अनुमान गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्