एमसीसीका कारण गठबन्धन अप्ठेरोमा: प्रचण्डले भने ‘टेबल नगरौं’, देउवाले भने ‘अब ब्याक हुन्न’




काठमाडौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारणले गठबन्धन भत्कने खतरा बढेको छ । प्रधानमन्त्री शेर वहादुर देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने परिमार्जन नगरी पास गर्न नहुने अडानमा छन् । माओवादीका कार्यकर्ताहरु एमसीसी विरुद्ध सडकमा उर्लिएका छन् ।

मंगलवार काठमाडौमा एमसीसीको विरुद्ध विरोध प्रदर्शन भएको छ । प्रदर्शनमा माधव नेपालका कार्यकर्ता र माओवादीका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रचण्डले पुनः दबाब दिएका छन्। बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले निर्वाचन नजिकिरहेका बेला एमसीसी अनुमोदन गर्न कठिन भएको भन्दै अहिले टेबल नगर्न दबाब दिएका हुन्।

‘तर देउवा भने पार्टीले निर्णय गरिसकेकाले अब आफु ब्याक नहुने जवाफ दिएका छन् । प्रचण्ड र देउवा दुवै आफ्नो निर्णयवाट व्व्याक नहुने भएपछि गठबन्धन अप्ठेरोमा परेको छ । यता नेकपा एमालेले एमसीसीका बारेमा आफ्नो दृष्टिकोण स्पष्ट गरेको छैन । एमसीसीबारे आज बस्ने गठबन्धनको बैठकमा निर्णायक छलफल हुने छ। एमसीसी अनुमोदन गर्नेबारे कांग्रेसले औपचारिक निर्णय गरिसकेकाले ब्याक हटने सम्भावना नरहेको एक कांग्रेसका ती नेताले बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपनि अन्तिम समयमा प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आग्रहमा रोकिएको थियो। प्रचण्ड र नेपालले थप समय मागेकाले बुधबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुन नसकेको हो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्