बालाजुमा बाटो क्रस गर्दै गरेका २ जनालाई बसले ठक्कर दियो, दुई जनाकै मृत्यु




काठमाडौ । काठमाडौको बालाजुमा बसको ठ क्क रबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ। एक जना महिला र एक पुरुषलाई बसले ठ क्क र दिएको हो । बिहीबार बिहान मिनिबसले ठ क्क र दिँदा दुई जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता संजिव शर्मा दासले दुई जनाको मृत्यु भएको जानकारी दिए। उनले भने,‘ एक जना मृ त कको सनाखत हुन सकेको छैन। अनुसन्धान गर्दैछौं। ’ बालाजुको गंगा हल अगाडिको सडकमा बिहान ६ बजे बसको ठ क्क रबाट पैदलयात्रा गरिरहेका एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृ त कमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ ।

बिहीबार बिहान दुई पैदल यात्रीलाई मिनिबसले बालाजुको गंगा फिल्म हल अगाडि ठ क्क र दिएको ट्राफिक प्रहरीले बताएको छ। बाटो का ट्ने क्रममा मिनिबसले पैदल यात्रीलाई ठ क्क र दिएको थियो। अर्का अन्दाजी ५०र५५ वर्षीया महिलाको भने सनाखत हुन बाँकी रहेको बताइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको एसपी दासले जानकारी दिए । उनीहरुलाई ठ क्क र दिएर बससहित चालक फरार भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्