विवाहमा गएकाहरु इनारको स्ल्याबमा बसेका थिए, स्ल्याब भासिएर सबै इनारमा खसे १३ जनाको मृत्यु




काठमाडौ । सावधानी नअपनाउँदा उत्तर प्रदेशको कुशीनगरमा २ महिला र ११ वालबालिकाको निधन भएको छ । इनारमा राखिएको स्ल्याब भाँचिएर १३ जनाको मृत्यु भएको छ । भारतीय मिडियाले मृत्यु हुनेमा महिला र बालिका रहेको उल्लेख गरेका छन् । कुशीनगरको नौरङ्गियामा विवाह समारोहका लागि भेला भएका यी व्यक्ति इनारमा राखिएको स्ल्याबमा बसेका थिए । स्ल्याब भाँचिएर सबै इनारमा खसेरका थिए। उक्त घटनामा मृत्यु हुनेमा दुई महिला र ११ बालिका रहेका छन् ।

यस दुर्घटनाको जानकारी दिँदै गोरखपुर रेन्जका एडीजी अखिल कुमारले भने, ‘गाउँमा परमेश्वर कुशवाहा को घरमा विवाहको कार्यक्रम थियो। गाउँका महिलाहरू इनारमा पूजा गर्न भेला भएका थिए। करिब साढे आठ बजे घटना भएको हो।’ इनारको स्ल्याब फुटेर माथि रहेका सबै मानिस इनारमा खसेको उनले बताए। स्थानीयले सकेसम्म धेरैलाई बाहिर निकालेर तुरुन्त अस्पताल पुर्याएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई/दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् भने घाइतेलाई ५०–५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मोदीले भने, ‘उत्तर प्रदेशको कुशीनगरमा भएको दुर्घटना हृदयविदारक छ । यस घटनामा ज्यान गुमाउनेहरूका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, स्थानीय प्रशासनले सक्दो सहयोग गरिरहेको छ ।

समयमा पुगेन सहयोग
राति करिब ८.३० बजे भएको उक्त घटनामा रातको अन्धकारले उद्धार र राहत कार्यमा कठिनाइ भएको थियो । घटनास्थलमा उपस्थित केही स्थानीयले एम्बुलेन्स ढिलो भएको गुनासो गरेका छन् । एक प्रत्यक्षदर्शीले भने, ‘उद्धार गरिएकालाई तत्काल अस्पताल पठाउनको लागिहामीले तुरुन्तै एम्बुलेन्स बोलाएका थियौं। तर ९.१० मा फोन गरेको एम्बुलेन्स आउँदा १०.३० भइसकेको थियो।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्