काठमाडौमा नक्कली नोटको कारोवार, ४ जना पक्राउ




काठमाडौं । काठमाडौमा नक्कली नोटको कारोवार हुने गरेको खुलेको छ । प्रहरीले यस्तो कारोवार गर्ने ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका(१६ नयाँ बजार मेडिकल चोक एरियाबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथवाट प्रहरीले १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका(१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका ३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका(६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका(९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।

प्रहरीलाई यसवारे गोप्य सूचना प्राप्त भएपछि अनुसन्धानको लागि गएको थियो । सूचनाका आधारमा बुधबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोटसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्