विजुलीको वोर्ड बनाउने बहानामा जब ५ युवक माधुरीको घरमा घुसे….




एजेन्सी । ‘द कपिल शर्मा शो’ को लागी दर्शकहरुमा अर्कै क्रेज बढ्दै गएको छ । सबैजना यसको नयाँ एपिसोडको प्रतिक्षामा छन्। यसपटक कपिल शर्माको शोमा बलिउड इन्डस्ट्रीकी सबैभन्दा सुन्दर अभिनेत्री माधुरी दीक्षित आउन लागेकी छिन् । वास्तवमा माधुरीको वेब सिरिज ‘द फेम गेम’ ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको छ, जसको प्रमोशनका लागि अभिनेत्री कपिलको शोमा आएकी थिइन् । उनीहरुसँगै सञ्जय कपूर, मुस्कान जाफरी, मानव कौल र लक्षवीर सरन पनि शोको हिस्सा थिए।

कपिलको शोमा माधुरीले आफ्नो जीवनसँग जोडिएका धेरै हास्यास्पद किस्सा सेयर गरेकी थिइन् । यस क्रममा उनले भनीन्, ‘जब मान्छे धेरै चर्चित हुन्छ, तब उसको लागि घाटा पनि हुन्छ । यी ख्यातिका कारण पाएको समस्याका बताउँदै माधुरीले एउटा किस्सा सुनाइन् । कपिल शर्माले एकतर्फ प्रसिद्धिले धेरै खुसी दिन्छ भने अर्कोतिर यसका धेरै बेफाइदा पनि रहेको बताए ।

माधुरीले कथा सुनाइन्
माधुरीले भनिन्, ‘हो, त्यस्तै हो। एउटा किस्सा सुनाउँछु। वास्तवमा, एक दिन मेरो घरको स्वीचबोर्ड (लाइट बोर्ड) काम गरिरहेको थिएन। यस्तो अवस्थामा त्यसलाई ठीक गर्ने व्यक्तिलाई बोलाइयो। म घरमै थिएँ। चारजना केटाहरू एउटा सानो स्वीचबोर्ड मिलाउन आएका थिए। ती चारजनासँगै पाँचौं व्यक्ति पनि भित्रिए।

थप कुरा गर्दै माधुरीले भनिन्, ‘यी मान्छेहरू आएर कहाँ र कुन स्वीचबोर्ड खराब छ भनेर सोधे । मैले देखाए । सुरुमा सबै हाँसे । एकले अर्कोलाई खोल्न भने । एउटा केटा आयो उसले स्वीचबोर्ड खोल्यो । हेर्नुस् भन्दै उसले फेरी अर्कोलाई बोलायो । अर्को आएर उसलाई भित्रबाट हेर्न थाल्यो ।

फेरी त्यसले अर्को अर्को गर्दै चौथो मान्छेलाई भन्यो, उसले मिलाउन थाल्यो, स्वीचबोर्ड मिलाइदिएपछि मैले उसलाई भनेँ, अब तपाईहरु सबै जानुस् । फेरि ४ जना गए, तर एकजना घरमै उभिए। मैले उनलाई सोधें के भयो ? तिमी किन जाँदैनौ ? उसले भन्यो, म त वोर्ड ठिक गर्ने मान्छे होइन म तपाईलाई हेर्न आएको हुँ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्