नेपालका लागि पूर्वबेलायती राजदूत मोरिसले गरे देहत्याग




एजेन्सी।

ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक कूटनीतिज्ञले ‘ग’म्भीर त’नाव’ का कारण देहत्याग गरेको अदालती न्यायिक अनुसन्धानले देखाएको छ।

रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित आफ्नै घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो। मोरिस, ५२, उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिनुभएको थियो।

उहाँले दैनिक लामो समयसम्म काम गर्नुपरेको, यूकेले कोरोना भाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उहाँले मन्त्रीहरूलाई दिने बिफ्रिङ्गको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई जानकारी गराइएको थिए।

मङ्गलवार उक्त सुनुवाइको अध्यक्षता गरिरहेका कोरोनरले मोरिसले यूकेको विदेश मन्त्रालयमा काम गर्दा त’नाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्या’न आफैँ लिएको ठ’हर गरेका बीबीसीले जनाएको छ।

वरिष्ठ कोरोनर क्रिश्टोफर विल्किन्सनले भन्नुभयो, ‘रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्यान आफैँ लिए।’ ‘रिचर्डले वृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्न सक्छु’, उहाँले थप भन्नुभयो।

उहाँका सहकर्मीहरूले उहाँ साँच्चै नै मानिसहरूमा रुचि राख्ने र भाषाको अवरोध हुँदासमेत उहाँमा दया र करुणा प्रस्ट झल्कने गरेको बताएका छन्।

न्यायिक जाँचमा मोरिसकी श्रीमती एलिसन मोरिसले पनि कोभिड १९ संक्रमणको पहिलो लहरमा दबाबका बीच काम गरेको बताएकी छन् । यसका आधारमा अदालतले मोरिस गम्भीर त’नावमा रहेको र ज्या’न दिएको निष्कर्ष निकालेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्