देउवाले प्रचण्डलाई भने, ‘सरकार छोडेपनि छोड्नुस् एमसीसी अब संसदमा टेबल हुन्छ’




काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेपछि अन्तत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल हुने भएको छ । देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकार छाड्ने चेतावनी नदिन समेत भनेका छन् । उनले आफु अघि बढिसकेकाले अब एमसीसी संसदमा जसरी पनि टेबल हुने जवाफ दिएका छन् ।

बुधवार प्रचण्ड र समाजवादीका अध्यक्ष माधव नेपालको आग्रहमा संसदमा टेबल नभएको एमसीसी अब संसद खुल्ने दिन टेबल हुने भएको छ । विहिवार पनि प्रचण्डले एमसीसी टेबल नगर्न आग्रह गरेका थिए । तर प्रचण्डले सरकार छोडे पनि छोड्नुस् तर एमसीसी टेबल गरि छोड्छु भनेर जवाफ फर्काएका छन् । देउवाले एमसीसी संसदमा टेबल गर्न सहयोगका लागि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह समेत गरेका छन् ।

सत्ता साझेदार माओवादी केन्द्रले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय लिएपछि प्रधानमन्त्री देउवा पनि आफ्नो अडानमा अडिग भएका हुन् । उनले प्रचण्डलाई तीन वटा विकल्प पनि दिएका छन् । देउवाले एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्ने भए छोड्न तीन विकल्प दिएका छन् । एमसीसी टेबल नगर्न र केही समय दिनु भन्दै आग्रह गर्न बालुवाटार पुगेका प्रमण्डलाई देउवाले यस्तो सर्त राखेका थिए ।

एमसीसी पारित गर्न साथ दिन नसक्ने भए पनि टेबल गर्ने वातावरण नबिथोल्न प्रचण्डसँग प्रधानमन्त्रीले आग्रह गरेका छन् । बुधवार माओवादीको संगठनहरु पनि एमसीसीको विरोधमा सडकमा उत्रिएका थिए । एमसीसीको पक्षमा उभिन नसक्ने भए एमसीसी पास गर्ने दिन संसदमा उपस्थित नहुन प्रचण्डलाई देउवाले पहिलो विकल्प दिएका छन् ।

यस्तै एमसीसीको विपक्षमा मतदान गर्ने भए पनि संसदमा उपस्थिति भएर विपक्षमा मतदान गर्न प्रचण्डलाई देउवाले दिएको दोस्रो विकल्प छ । एमसीसी टेबल गर्दा सरकार छाड्नुपर्ने अवस्था हो भने सत्ता छोडेर जाने भएपनि जान देउवाले तेस्रो विकल्पमा प्रचण्डसामु राखेको एक कांग्रेस नेताले बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्