गठबन्धन जोगाउन प्रचण्डले प्रयोग गर्दैछन् यस्तो अस्त्र




काठमाडौ । एमसीसीका विषयमा भएको असमझदारीलाई लिएर सत्ता गठबन्धनमा रहेका दलहरुबीच धु्रविकरण भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले अबको संसद बैठकमा एमसीसी टेबल गर्ने निर्णय सुनाइसकेका छन् । यता एमसीसी परिमार्जन नगरी टेबल गरिए सरकार छोड्ने चेतावनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएका छन् ।

विहिवार भएको प्रचण्ड देउवा भेटमा पनि यहि कुरा उठाएका थिए । देउवाले प्रचण्डलाई सरकार छोडे छोड्नुस् एमसीसी टेबल हुन्छ भनेर जवाफ फर्काएका छन् । यस्तो अवस्थामा सत्ता गठबन्धन जोगाउन प्रचण्डलाई पनि समस्या भएको छ । विहिवार साँझ बस्ने गठबन्धनको बैठक अघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग प्रचण्डले छलफल गरेका छन् ।

बैठकपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताएका हुन् । हाम्रो संयन्त्रको आज ५ बजे मिटिङ छ । त्यसैको तयारीका बारेमा अहिले छलफल भयो’ अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने ? भन्नेमा छौ ।’

एमसीसीमा कुरा नमिले माओवादीले सरकार छोड्ने हो रु भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले संयन्त्रको बैठकबाट टुङ्गो लाग्ने बताए । ‘आज एउटा निचोड र निकास निकाल्नेतिर हाम्रो जोड रहेको छ । सकेसम्म यो गठबन्धन बचाउनेमै छ ।’तीन नेताको छलफलमा गठबन्धनको बैठकका एजेण्डाबारे छलफल भएको थियो ।

देउवाले प्रचण्डलाई तीन विकल्प दिएका छन् । देउवाले एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्ने भए छोड्न तीन विकल्प दिएका छन् । एमसीसी टेबल नगर्न र केही समय दिनु भन्दै आग्रह गर्न बालुवाटार पुगेका प्रमण्डलाई देउवाले यस्तो सर्त राखेका थिए ।

एमसीसी पारित गर्न साथ दिन नसक्ने भए पनि टेबल गर्ने वातावरण नबिथोल्न प्रचण्डसँग प्रधानमन्त्रीले आग्रह गरेका छन् । देउवाले दिएका तीन विकल्पलाई नै पछ्याउन सक्ने संभावना देखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्