प्रचण्ड र माधव नेपाल सहमत नभएपछि ओलीलाई यस्तो प्रस्ताव सुनाउन देउवाले मिनेन्द्र रिजाललाई बालकोट पठाए




काठमाडौ । गठबन्धन दलहरुवीच सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस अब एमसीसी संसदमा टेवल गर्नका लागि सहयोग माग्दै नेकपा एमालेलाई गुहार्न पुगेको छ । नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजाल विहिवार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

एमसीसी संसदबाट पारित गर्न गठबन्धनबीच सहमति हुन नसकेपछि कांग्रेस सहयोग माग्न बालकोट पुगेको हो । रिजालले एमाले अध्यक्ष ओलीसंग कुराकानी गरेका छन् । ओलीका सहयोगी रामशरण बजगाइँले भेटघाट भएको पुष्टि गरेका छन् । तर उनले के कुरा भयो भन्ने खुलाएनन् । उनले समसायिक राजनीतिक विषयमा कुराकानी भएको बताए ।

सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उत्रिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा समस्यामा परेका छन् । ति दुई पार्टी देउवाले एक्लै एमसीसी टेबल गरे गठबन्धन समेत तोड्न सक्ने निष्कर्षमा पुगेका छन् । यद्यपि त्यसअगाडि अहिले बालुवाटारमा अन्तिम तथा निर्णायक मानिएको सत्ता गठबन्धनको बैठक बस्दैछ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्