पुल्वामा आतङ्की हमलाका शहीदहरुलाई श्रद्धाञ्जली दिन जम्मुकश्मीरका युवा तथा विद्यार्थीहरुले तिरंगा रैली निकाले




कुपवारा (जम्मू र कश्मीर) [भारत] : पुल्वामा आ’तङ्क’कारी आ’क्र’मणमा राष्ट्रको लागि आफ्नो जीवन बलिदान गर्नेहरूलाई श्रद्धाञ्जली दिन उत्तर कश्मीरको कुपवारा जिल्लाको लोलाब उपत्यकाका विद्यार्थी तथा युवाहरूले सोमबार कश्मीरमा पाकिस्तानद्वारा प्रायोजित आ’तं’कवादको भर्त्सना गर्न क्रु’सान र धेरियन क्षेत्रमा भेला भएका थिए । कार्यक्रम लोलाब विद्यार्थी र युवाहरूले आयोजना गरेका थिए।

एक जना प्रदर्शनकारीले भने “सन् २०१९ को फेब्रुअरी १३ मा पाकिस्तानमा आधारित आ’त’ङ्क’कारी समूहका कारण ४० जना वीर भारतीय सैनिकले राष्ट्रका लागि ज्यान गुमाउनुपर्दा सम्पूर्ण राष्ट्रको मन दुख्यो । जयश-ए-मोहम्मदले पुलवामा सुरक्षा बलको काफिला माथि आ’क्र’मण गरेको थियो ।

आज राष्ट्रले आ’तं’ककारी आक्रमणको तेस्रो वार्षिकोत्सव मनाइरहेको छ र पुलवामा शहीद भएका सीआरपीएफका ४० साहसी सैनिकहरूको सर्वोच्च बलिदानलाइ सम्झँदैछौ ,”l कार्यक्रममा राष्ट्रका लागि ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन गरी सुरु भएको थियो l त्यसपछि पाकिस्तान प्रायोजित आ[तं[कवाद विरुद्ध तिरंगा र्‍यालीले दुई मिनेट मौनधारण गरेको थियो । सबैले राष्ट्रिय गान गाएर कार्यक्रमको समापन भयो । (एएनआई)

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्