सिंगापुरका प्रधानमन्त्रीले भारतीय सांसदमाथि गरेको टिप्पणीबारे नयाँ दिल्लीको आपत्ति




नयाँ दिल्ली :

सिंगापुरका प्रधानमन्त्रीले संसदमा भारतीय सांसदमाथि गरेको टिप्पणीबारे भारत सरकारले आपत्ति जनाएको छ । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले भारतको तल्लो सदन लोक सभाका सांसदहरुले फौजदारी अभियोग सामना गरेको विषयलाई लिएर परराष्ट्र मन्त्रालयले सिंगापुरका राजदूतलाई बोलाएर आपत्ति जनाएको हो ।

सिंगापुरका प्रधानमन्त्रीको भनाईलाई भारत सरकारले अस्वीकृत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सिंगापुरमा लोकतन्त्रसम्बन्धी संसदीय बहसका क्रममा १५ फेब्रुबरीमा प्रधानमन्त्री लुङले भनेका थिए, ‘सञ्चार माध्यमहरुमा आएअनुसार भारत एउटा यस्तो देश भएको छ जहाँ लोकसभाका झन्डै आधा सांसदहरूमाथि बलात्कार र हत्याको आरोपसहितका आपराधिक मुद्दा विचाराधीन छन् । ’

भारतका प्रथम प्रधानमन्त्री पण्डित जहवारलाल नेहरुको विरासतलाई सन्र्दभ दिँदै उनले देशको जग उच्च आदर्श र महान सिद्धान्तले खडा भएको बताएका थिए ।

नेहरुलाई उदृत गर्दै प्रधानमन्त्री लुङले अधिकांश देशहरु उच्च भावना र महान सिद्धान्तले सृजना भएको बताएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्