भूमध्यसागरमा २३७ यात्रु सवार क्रुज जहाजमा आगो लाग्यो




एजेन्सी :

भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आ’गो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ ।

जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

सो जहाज ग्रीसको सहर इगोउमेनिस्ताबाट इटालीतर्फ बढेको बताइएको छ । ‘युरोफेरी ओलम्पियाका क्याप्टेनले डुंगा छोड्न भनेका छन,’ प्रहरीले जनाएको छ ।

क्षतिबारे विवरण सार्वजनिक भएको छैन् । आगलागीको कारण नखुलेको र त्यसबारे अनुसन्धान सुरु गरिएको ग्रीसको तटीय गार्डले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्