गठबन्धन दलको बैठक : एमसीसी बारे यस्तो धारणा बनाएर उठे नेताहरु




काठमाडौ । अमेरिकी सहयोग एमसीसीलाई संसदमा टेवल गर्ने विषयमा सत्ता गठबन्धनबीच बिचार नमिले पछि प्रधानमन्त्री शेरवहादुर देउवा समस्यामा छन् । उनले गठबन्धनका दलहरुबीच साझा धारणा बनाउने प्रयास गरिरहेका छन् । यस विषयमा छलफल गर्न शुक्रवार बसेको गठबन्धन दलका नेताहरुको बैठक आइतबार फेरि बस्ने गरी सकिएको छ ।

एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए ।

यता सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धनको अर्को बैठकले एमसीसीलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् । आज गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री कार्कीले आजको बैठकमा संक्षिप्त छलफल भएको जानकारी दिए ।

उनले भने, ‘सार्वभौम संसदमा छलफल गराएर निस्कर्षमा पुर्‍याउने विषयमा आज संक्षिप्त कुराकानी भयो । अर्को बैठक ८ गते बिहान १० बजे बसेर हामी यसलाई निर्णयमा पुर्‍याउँनेछौं ।’

प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच हिजो भएको छलफल सकारात्मक रहेको समेत कार्कीले बताए । संसदलाई जीवन्त बनाउन प्रमुख प्रतिपक्षी दलको पनि त्यत्तिकै दायित्व र भूमिका हुने भन्दै उनले यही विषयमा छलफल गर्न प्रधानमन्त्रीले ओलीसँग भेटघाट गरेको बताए । ‘विपक्षी दलको नेताबाट एमसीसी परियोजनालाई निष्कर्षमा पुर्‍याउने प्रधानमन्त्रीको प्रस्तावका बारे सकारात्मक विमर्श भयो,’ उनले भने ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्