यिनै हुन् आज मर्निङ वाकमा हिँडेका बेला मोटरसाइकलले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएका सिग्देल




काठमाडौं :

धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्व इन्सपेक्टर मुक्ति सिक्देल रहेका छन्।

राजमार्गको नलाङ बैरेनी खण्डमा मर्निङवाकमा रहेका सिक्देलको मोटरसाइकलको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिक्देललाई ठ’क्कर दिएर फरार रहेका सिद्धलेक-२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिएको छ। मगर दुर्घटना लगत्तै आफूले चलाएको बा.अ.३४प ५०५२ नम्बरको मोटरसाइकल छा’डेर भा’गेका थिए। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यस्तै रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आँउदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई बिहीबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका मोटरसाईकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्