पुलवामा आ’त’ङ्कवादी ह’म’लाको सहिदहरूको सम्झनामा बिधार्थीहरु को र्‍याली 




जम्मु र कश्मीरको कुपराडा पुलवामा आ’तङ्क’वादी ह’म’लामा राष्ट्रको लागि आफ्नो जीवन बलिदान गर्नेहरूलाई श्रद्धाञ्जली अर्पण गर्न र पाकिस्तान प्रायोजित आतङ्कवादको निन्दा गर्न उत्तरी कश्मीरको कुपवाडा जिल्लाको लोलाब उपत्यकाका विद्यार्थी र युवाहरूले सोमबार क्रुसान र ढेरियन क्षेत्रमा र्‍याली निकालेका हुन।

१३ फेब्रुअरी, २०१९ मा जैश(ए)मोहम्मद नामक आ’त’ङ्क’वादी सङ्गठनले पुलवामामा भारतीय सुरक्षा बल माथि आ’क्र’मण गरेको थियो। उक्त हमलामा ४० जना भारतीय सेनाहरूको मृत्यु भएको थियो जसका कारणले सम्पूर्ण भारतको नै हृदय दुखेको दिनका रूपमा १३ फेब्रुअरीको सम्झना गरिन्छ ।

उक्त आ’तङ्क’वादी हमलाको तेस्रो वर्षगाँठ को सम्झना स्वरूप पुलवामामा शहीद भएका सीआरपीएफका ४० बहादुर पुरुषहरूको सर्वोच्च बलिदानलाई सम्झना गरिनेछ  ”एक प्रदर्शनकारीले बताए। कार्यक्रममा राष्ट्रका लागि ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गरी सुरु भएको थियो, त्यसपछि पाकिस्तान प्रायोजित आ’त’ङ्कवाद विरुद्धको बिम्बका रूपमा  भारतको तिन रङ्गको झन्डा लहराउँदै र्‍यालीले दुई मिनेट मौन धारण गरेको थियो । सबैले राष्ट्रिय गान गाएर कार्यक्रमको समापन भयो । एएनआई

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्