बलिउडबाट गुमनाम बनेका यी आइटम गर्ल




काठमाडौं, ६ फागुन

आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उ’त्ते’जित र मोहित तुल्याउँछ । फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ ।

आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई दिन्छ । तर, एउटा सत्य के हो भने कतिपय अभिनेत्रीलाई भने त्यही आइटम गीतका कारण ‘आइटम गर्ल’को ट्याग लाग्ने गरेको छ । बलिउडमा कुनै समय केही अभिनेत्रीले हिट आइटम गीतमा कम्मर मर्काएका थिए । तर, अहिले उनीहरु बलिउडबाट टाढिइसकेका छन् ।

मोडल निगार खान नर्वेको लोकप्रिय मोडल हुन् । उनी चर्चित गीत ‘चढ्ती जवानी’को रिमिक्स भर्सनको आइटम गीतमा देखिएकी थिइन् । यो गीतमा उनको आइटम नृत्यलाई दर्शकले खुबै मनपराएका थिए । पछिल्लोपटक उनी सन् २०१५ मा फिल्म ‘दो चेहरे’ मा देखिएकी थिइन् । यो फिल्मपछि उनी बलिउडबाट हराइन् ।

यो सूचीमा भारतीय क्रिकेटर हार्दिक पाण्डेयकी पत्नी तथा सर्बियाली मोडल नताशा स्टेनकोविचको नाम पनि आउँछ । उनले बलिउडमा सन् २०१३ मा पाइला चालेकी थिइन् । बलिउड निर्देशक प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को आइटम गीत ‘अइयो जी’ मा उनको हट नृत्य हेर्न पाइन्छ । नताशा गायक बादशाहका साथ गीत ‘डीजे वाले बाबु’ मा पनि देखिएकी थिइन् । हाल निजी जीवनमा व्यस्त नताशा सामाजिक सञ्जालमा सक्रिय छिन् ।

अभिनेत्री क्लाउडियाले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘७८६’ को आइटम गीत ‘बलमा’मा कम्मर मर्काएकी थिइन् । यो गीतलाई दर्शकले निकै मन पराएका थिए । तर, क्लाउडिया भने बलिउडबाट गुमनाम भइन् । अर्की अभिनेत्री मेघना आइटम गीत ‘कलियों का चमन’ मा देखिएकी थिइन् । यो आइटम गीत आज पनि उत्तिकै लोकप्रिय छ । मेघना फिल्म ‘हदिया’ मा पछिल्लोपटक देखिएकी थिइन् । मेघना अहिले बलिउडबाट टाढिएर पारिवारिक जीवनमा व्यस्त छिन् ।

बलिउडको हिट आइटम गीत ‘बाबु जी जरा धीरे चलो’ आज उत्तिकै लोकप्रिय छ । यो आइटम गीतमा याना गुप्ताको ठुम्का हेर्न पाइन्छ । अहिले याना बलिउडबाट टाढिएकी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्