रौतहटमा १७ वर्षकी युवतीको शवलाई आफन्तले सुटुक्क प्रेमीको घरमा लगेर राखिदिएपछी…..




काठमाडौँ :

रौतहटमा एक युवतीको रहस्यमय मृत्यु भएको छ। दुर्गा भगवती गाउँपालिका ४ छतौनी टोलकी १७ वर्षकी युवतीको मृत्युपछि उनको शवलाई प्रेमीको घरमा राख्न गएका दुईजनालाई प्रहरीले प’क्राउ गरेको छ।

प’क्राउ पर्नेमा मृ’तक युवतीका काका–काकी रहेका छन्। बुधबार दिउँसो श’व बोकेर हिँडेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

प्रेमी भनिएका युवाको घरमा भेटिएको शवलाई प्रहरीले पो’ष्ट’मा’र्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगेको छ। घरमा कोही नभएका बेला युवतीको श’वलाई ल्याएर युवकको घरमा राखेको थाहा पाएपछि स्थानीय महिलाले प्रहरीलाई खबर गरेका थिए।

युवतीको मृ’त्यु कसरी भयो भन्नेबारे खुलेको छैन। प्रहरीले मृतकको घाँटीमा डो’रीले क’सेको दा’ग देखिएको तर ह’त्या वा आ’त्मह’त्या के हो भन्नेबारे पो’ष्टमा’र्टम रिपोर्ट आएपछि थाहा हुने बताएको छ।

स्थानीय बासिन्दाका अनुसार प्रेम सम्बन्ध रहेको थाहा भएपछि दुवै परिवारबीच बेला बेला झ’ग’डा हुँदै आएको थियो। युवतीको मृ’त्युपछि उनका काका–काकी र मामासहितले मिलेर श’वलाई प्रेमीको घरमा लगेको अनुसन्धानबाट खुलेको रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । मृ’तक युवतीका बुवा रोजगारीको सिलसिलामा भारतमा छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्