यिनै हुन् आज बिहान मर्निङवाक जादा दुर्घटनापरि मृत्यु भएका पूर्व इन्सपेक्टर मुक्ति सिक्देल




धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा आज बिहान मोटरसाइकलको ठ’क्क’रबाट पूर्वप्रहरी निरीक्षकको मृत्यु भएको हो । मृत्यु हुनेमा पूर्व इन्सपेक्टर मुक्ति सिक्देल रहेका छन्।

राजमार्गको नलाङ बैरेनी खण्डमा मर्निङवाकमा रहेका सिक्देलको मोटरसाइकलको ठ’क्क’रबाट घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सिक्देललाई ठ’क्कर दिएर फरार रहेका सिद्धलेक-२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिएको छ। मगर दुर्घटना लगत्तै आफूले चलाएको बा.अ.३४प ५०५२ नम्बरको मोटरसाइकल छा’डेर भा’गेका थिए। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो पनि,  काठमाडौँको बालाजुमा दुर्घटना गरी फ’रा’र भएका चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फ’रा’र रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुमा दुर्घटना गरी फरार रहेको सवारीसाधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो । बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौँ रुटमा चल्ने बसको ठ’क्क’रबाट काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका–५ घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर भएका उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको मिश्रले बताउनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्