२२ वर्षीय ‘ब्रेन डेड’ नर्सको अङ्गदान




२२ वर्षीय ‘ब्रेन डेड’ नर्सको अङ्गदान गरिएको छ । गत शनिबार चिकित्सकले ‘ब्रेन डेड’ भएको घोषणा गरेपछि उनका विभिन्न अङ्ग दान गरिएको हो । भारतको कर्नाटककी २२ वर्षीय नर्स टीके गान्भीका आफन्तले उनको ‘ब्रेन डेड’ भएपछि अङ्गदान गराएका हुन् ।

उनी शिवमोगास्थित निर्मला नर्सिङ होममा स्टाफ नर्सका रूपमा काम गर्दै आइरहेकी थिइन् । फेब्रुअरी ८ को रात्रिकालिन काम गर्ने बेला उनी बेहोस भएर लडेकी थिइन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अस्पताल भर्ना गरेको ४ दिनपछि उनको ‘ब्रेन डेड’ घोषणा गरिएको थियो । अस्पताल पुगेका गान्भीकी आमालगायतले तुरुन्त उनको अङ्गदान गर्ने जनाएका थिए ।

उनको कलेजो, मिर्गौला, मुटुको भल्भलगायतका विभिन्न अङ्गहरूले अन्य व्यक्तिलाई जीवनदान दिने चिकित्सकले बताएका छन् । त्यस्तै सानै उमेरमा यस किसिमको अङ्गदान गरेर उदाहरणीय बनेको स्वास्थ्य मन्त्री के. सुधाकरले प्रतिक्रिया दिनुभएको छ ।

हेल्थपार्टी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्