र क्सी खुवाएर मातेको तालमा मलाई एमाले प्रवेश गराए




काठमाडौ । एक जना माओवादीका नेतालाई आफुलाई र क्सी खुवाएर मातेको तालमा एमाले प्रवेश गराएको आरोप लगाएका छन् । एमाले प्रवेश गरेको भोलीपल्ट ति नेताले एक विज्ञप्ती जारी गदैै यस्तो बताएका छन् । डोटीका माओवादी नेताले यस्तो आरोप लगाएका हुन् । आफूलाई मा द क पदार्थ सेवन गराएर नेकपा एमालेमा प्रवेश गराएको बताएका छन्।

नेकपा माओवादी केन्द्र आदर्श गाउँपालिका संगठन कमिटी उपाध्यक्ष रणबहादुर नेपालीले एमालेलाई यस्तो आरोप लगाउँदै विज्ञप्ती जारी गरेका छन् । उनको स्टाटसको एमाले नेताले पनि जवाफ फर्काएका छन् । नेपालीले एमालेलाई र क्सी खुवाएर पार्टी प्रवेश गराएको आरोप लगाएका हुन्।

शनिबार विज्ञप्ति नै जारी गरेर उनले आफ्नो घरमा जुठो परेको समयमा पनि नेकपा एमाले आदर्श गाउँपालिकाले र क्सी सेवन गराएर पार्टी प्रवेश गराएको जनाएका छन्। यता एमालेले भने नेपाली आफ्नो मर्जीले पार्टी प्रवेश गरेको दाबी गरेको छ।

एमालेका नेता चन्द्रदेव ओझाले फेसबूकमा माओवादी कार्यकर्ताले धम्क्याएर उनलाई जानकारी नै नगराएर फेसबूकमा लेखेको आरोप लगाएका छन्। उनले ज्यानको डरले एमालेलाई यस्तो आरोप लगाएको दावी गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्