एमसीसीलाई लिएर माधव नेपालको पार्टीमा तिब्र मतभेद, झलनाथ खनालले भने ‘बचकना निर्णय’




काठमाडौ । एमसीसी संसद्‌मा टेबल गर्ने विषयलाई लिएर सत्तारुढ दल नेकपा एसमा गम्भीर मतभेद देखिएको छ । आइतवार बसेको गठबन्धन दलको बैठकमा नेकपा एस सहितले एमसीसी संसदमा पेस गर्ने विषयमा सहमति जनाएको छ । यस वारे नेकपा एसले औपचारीक निर्णय पनि गरेको छ । सो पार्टीको बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर विपक्षमा मतदान गर्ने समति गरेको छ ।

तर पार्टीका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनको निर्णय बचकना निर्णय भएको बताएका छन् । उनले संसद पनि नचलेको बेलामा एमसीसी संसदमा पेश गर्छु भन्नु बचकना निर्णय भएको बताए । एमालेले लामो समय देखि संसद अवरुद्ध गर्दै आएको छ । आइतवार गठबन्धन दलबीच एमसीसी संसदमा पेश गर्ने सहमति जुट्दा यता एमालेले संसदमा अवरोध कायम राख्ने निर्णय गरेको छ ।

नेता खनालले भने यो विदेशी शक्तिको सामू झुकेर गरिएको निर्णय हो । यो संसद्‌मा कसरी टेबल हुन्छ ? ‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ? उनले आफ्नो पार्टीमा यसवारे कुनै निर्णय नभएको पनि बताएका छन् ।

‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । हामी त्यसमा सहमत छैनौं । यस्ता खालका सहमतिहरु न संसदमा लानुपर्ने आवश्यक छ, न संसद खुल्ला छ ? यस्तो बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात हो ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्