फ्रान्सकी युवती बिहारी प्रेमीसँग बिहे गर्न भारत पुगिन्, जान्नुहोस् अनौठो प्रेमकहानी !




प्रेम सम्बन्धमा देशको सीमा अवरोध बन्न सक्दैन भन्ने उदाहरण भारतमा देखिएको छ । फ्रान्सकी युवती प्रेमीसँग विवाह गर्न भारत पुगेकी छन् ।

बिहारको मुंगेरका रणवीर कुमारसँग बिहे गर्न फ्रान्सकी शर्लिन परिवारसहित भारत आएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शर्लिन भ्यालेन्टाइन सप्ताहमा बिहे गर्ने गरी भारत आए पनि क्वारेन्टीनमा बस्नुपरेका कारण शुक्रवार साँझ रणवीर र शर्लिनबीच विवाह भएको छ ।

शुक्रवार रजिस्ट्रार कार्यालयमा परिवारका सदस्यलाई साक्षी राखेर दुवैले विवाह गरेका छन् । रणवीर पढाइ सकेर फ्रान्स गएका थिए, जहाँ शर्लिनसँग भेटघाट भयो । शर्लिनले भारतीय संस्कृतिबारे जान्न खोजेकाले दुवै नजिक भएका थिए । पछि दुवैबीच प्रेम भयो ।

कोरोना महामारीसँगै सन् २०२० मा रणवीर बिहार फर्किए । त्यसपछि दुवै टाढा भए तर प्रेम कम भएन । कोरोना महामारी कम भएको मौका छोपेर शर्लिनले भारतमै आएर रणवीरसँग विवाह गरेकी छन् । फ्रान्सकी युवती र बिहारका युवाबीच भएको विवाह हेर्न भीड लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्