सभामुख भन्छन्, ‘एमसीसी मात्र संसदमा टेबल हुँदैन’




काठमाडौ । सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयता परियोजना संसदमा टेबल गर्ने सहमति बनेको छ। सो सहमति पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सभामुखलाई ग्रिन सिग्नल दिएका छन् । सभामुखले एमसीसी पास गर्ने नगर्ने कुरा राजनीतिक दलको विषय भएकाले आफ्नो कुनै भूमिका नरहने बताएका थिए ।

सरकारले आजको सदनमा पेस गर्ने तयारी गरिरहेको बेला सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सदनमा नलग्ने भएका छन्। नेकपा एमालेले संसद अवरोध गरिरहेका बेलामा एमसीसी मात्र संसदमा टेबल नगर्ने भएका हुन् ।

अहिले बानेश्वरमा प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ। माओवादीनिकट स्रोतका अनुसार एमसीसीसँगै अन्य महत्वपूर्ण विधेयक पनि संसदमा लैजानुपर्ने सभामुखले अडान राखेका छन्।

सभामुख सापकोटा सदनको अवरोध खुल्नुपर्ने र अन्य महत्वपूर्ण विधेयक पनि छलफलका लागि लैजानुपर्ने अडानमा छन्। नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदीय समितिमा अड्किराखेको भन्दै ती विधेयक पनि एमसीसीसँगै पेस गर्नुपर्ने उनको अडान छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्