विवाहपछि किन मोटाउँछन् मानिसहरु ? यस्तो छ रोचक कारण




हनिमुन (सुहागरात)को समय सकिनेबित्तिकै यदि तपाईको कम्मरको आकार चौडा हुन्छ भने हैरान हुनुपर्दैन । वैज्ञानिकहरुका अनुसार मानिसहरु जोडी भएर सँगै बस्न थालेपछि उनीहरुको शरीर मोटाउँछ ।

अध्ययनअनुसार विवाह भएको पहिलो वर्ष नयाँ जोडीको शरीरको तौल २ देखि ३ किलोसम्म बढ्छ । ग्लासगो यूनिभपर्सटीका प्राध्यापक क्याथरिनका अनुसार मान्छेहरु काममा कम रुचि देखाउँछन्, अरुलाई आकर्षित गर्ने कुराबाट पछि हट्छन्, शारीरिक व्यायाम गर्न पनि छोड्छन् । जुन निकै ठूलो समस्या हो ।

विवाहपछि मानिसहरु जब आफ्नो जीवनसाथीसँग बस्न सुरु गर्छन्, तब उनीहरुको सम्बन्ध खानासँग मुख्य रुपमा रहन्छ । काममा कम र खानामा बढी जोड गर्दै जाँदा मानिसहरु सौखिन हुनपुग्छन् र मोटाउन थाल्छन् ।

यति मात्रै नभएर मानिसहरु वैवाहिक सम्बन्धमा बाँधिएपछि उनीहरु धेरैजसो खुसी महसुस गर्छन् र यसैको परिणाम शारीरिक तौल बढ्न पुग्छ । तर यस्तो बदलाव बढी मनमुटाव भइरहने जोडीको हकमा भने कम हुन आउँछ । सन् २०१३ मा गरिएको एक अध्ययनले वैवाहिक जीवनमा खुशिसँग रहेका जोडीको तौल फरक भएको र खुसी नरहेका जोडीको तौलमा खासै फरकपना नआएको पाइएको थियो ।

स्वास्थ्य मनोविज्ञानमा छापिएको एक शोधका अनुसार यस्तो यसकारणले पनि हुनसक्छ किनकि जब मानिसहरु बिहे गर्छन् र सँगै बस्न थाल्छन्, उनीहरु आफ्नो शारीरिक सौन्दर्यको खासै ख्याल गर्दैनन् । तौल घटाउनभन्दा पनि यौ’नलाई जोडेर उनीहरु हेर्ने भएकाले त्यतातिर उनीहरुको ध्यान नै जाँदैन ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्