देउवा संसद भवन प्रवेश गर्ने वित्तिकै यस्तो पत्र दर्ता गराएर बाहिरिए प्रचण्ड




काठमाडौ । एमसीसी टेबल गर्ने सहमति जुटेपछि आइतवार संसदको बैठक सुरु हुन लागेको छ । आजको बैठक पनि नेकपा एमालेले अवरोध गर्ने भएको छ । एमसीसी संसदमा टेबल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा संसद् भवन प्रवेश गरेका छन् । प्रतिनिधिसभा बैठकमा सहभागी हुन उनी संसद् गएका हुन् ।

प्रधानमन्त्रीसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि संसद् भवन पुगेका छन् । तर, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने संसद् भवन प्रवेश गरेर बाहिरिएका छन् ।

केही बेरअघि माओवादी केन्द्रले एमसीसी संसद्मा टेबल गर्न नहुने भन्दै असहमति पत्र दर्ता गराएको थियो । अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबुल गर्ने विषयमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले असहमति जनाएका छन् ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सदस्य जयपुरी घर्ती र रेखा शर्माले एमसिसी सम्झौता टेबल गर्ने निर्णयमा असहमति राखेका हुन् ।

केही बुँदामा नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको उल्लेख गर्दै राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चिता पनि नभएको र संसद अवरुद्ध नै रहेको भन्दै एमसिसी टेबुल गर्ने विषयमा उनीहरूले लिखित रूपमा असहमति जनाएका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्